Logo
Logo

सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी छैन : शंकर पोखरेल


567
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नभएको बताएका छन् । आज (बुधबार) सुर्खेतमा प्रदेश प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै सत्ताकै लागि दिल्ली धाउने एमालेको बानी नरहेको बताएका हुन्।

महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्डको केही समयघि एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लक्षिछ गरी सत्ताकैलागी एमाले दिल्ली नधाउने बताए । ‘कोही पार्टीका अध्यक्षहरु सत्ताकै लागि दिल्ली कतिपटक धाउने रहेछन् । त्यो कुरा सबैलाई जगजाहेरै छ। तर हाम्रो त्यस्तो बानी छैन। मुलुकभित्रकै प्रमूख शक्तिहरुको सहकार्यमा सरकार गठन गर्ने एमालेको प्राथमिक्ता हो,’ उनले भने ।

उनले तत्कालीन एमाले र माओबादी बीचको गठबन्धनमा कर्णाली प्रदेशको नेतृत्व एमालेले दाबी गरेको भए पनि माओबादीको छाड्नै नसकिने अडानका कारण आफूहरु पछि हटेको बताए।

महासचिव पोख्रेलले प्रचण्ड नेतृत्वको बर्तमान सरकारबाट सुशासनको कल्पनासमेत गर्न नसकिने बताए। उनले भने, ‘नक्कली भुटानी शरर्णाथीको मुद्धामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान सुरु भयो। पछि गठबन्धन भित्रकै दलहरु फस्ने भएपछि पशुपतिको जलहरी काण्ड ल्याइयो। जुन जलहरीका लागि सरकारले अनुदान मात्र ३० करोड दिएको हो। खर्च अर्बौं भएको छ। जुन पशुपति विकास कोषबाट भएको थियो। रोष्टमबाट सुन पित्तल हो भनियो। तर पछि बिस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदो रहेछ भन्ने धन्दा बाहिर आयो। धर्मिक आस्था भएको स्थानको सुनको जलहरी निकालेर जोख्ने काम गरियो। सांसद कति झुट रहेछन् भन्ने कुरा प्रमाणित भयो।’

उनले नेपालमा पहिलो उपसभामुख, पहिलो राष्ट्रपति, पहिलो प्रदेश सभामुख बनाउने पार्टी एमाले भएकाले महिला, दलित, जनजाति तथा सिमान्तकृत समुदायका पक्षमा एमाले अग्रस्थानमा रहेको बताए। यद्यपि नेपाली समाजमा महिलालाई मुलधारमा ल्याउन धेरै काम बाँकी भएको र त्यो चिज निरन्तरताको प्रयासबाटै हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्