काठमाडौं । पृथ्वी राजमार्गमा बस दुर्घटनाको क्रममा घाइते भएका १३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइतेमध्ये चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए ।

बुधबार बिहान काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३–०१००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा अहिले उद्धार भइरहेको छ । बस नदीमा खसेको हुँदा केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । नदीमा पानीको बहाव बढेकाले उद्धारमा कठिनाइ भइरहेको पनि बताइएको छ ।














