Logo
Logo

एक महिनापछि हट्यो संसद् अवरोध


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बसेको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित भएको थियो ।

सिंहदबारमा प्रधानमन्त्री प्रचण्डद्वारा आव्हान गरिएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो ।

इलेक्ट्रिक सिक्रेटमा लुकाएर ल्याएको सुन साथै ब्रेक सुमा हालेर तस्करी गरिएको सुनलगायतका घटनामा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको हो ।

सहमतिपछि एमालेका प्रमुख सचेतक पदम गिरीले सदन अवरोध गर्ने आफूहरूको चाहना नभएको प्रष्टीकरण दिएका थिए । एमालेले साउन १० गतेबाट संसद अवरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्