Logo
Logo

‘ललिता निवास र सुन प्रकरणमा सीआईबीलाई स्वतन्त्रतापूर्वक काम दिइएन’


1.9k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सीआईबीलगायत राज्यका सबै निकायप्रति एमालेले अविश्वास नगर्ने, तर सरकारले ठीक ढंगले काम गर्न नदिएको आरोप लगाए ।

उनले भने, ‘ललितानिवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ वा युर्टन हुन्छ । हामीलाई झस्का पस्यो, इलेक्ट्रिक सिगरेटमा सञ्चारमाध्यममा कुराकानीहहरु आए । सीआईबीले ठीकै छानबिन गर्ला भनेको तर केही उच्च पदस्थ नेताको नाम आएपछि सीआईबीको गाडीमा ब्रेक लाग्यो, हामीलाई झस्का पस्यो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्भिकतापूर्वक अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु सरकारले सरुवा गर्दा आशंका पैदा भएको पनि उनले बताए ।

‘यो सुनकाण्डमा पनि त्यस्तै त्यस्तै भयो, त्यसैले हामीले भन्यौं सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएको नै छैन । सीआईबीप्रति अविश्वास गरेको होइन, अदालतप्रति अख्तियारप्रति हामीलाई अगाध विश्वास छ । यी हामी सबैले बनाएको संस्था हुन्’ उनले भने ।

तर राजनीतिक दबाबका कारण ती संस्थालाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको नदिएको भन्दै उनले सत्ता पक्षका नेताहरुले अवरोध गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्