काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको बैठक भदौ ९ गते काठमाडौंमा बस्ने भएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा संघ नेपालको नेतृत्वलाई एक पत्रमार्फत निर्देशन गरि सचिवालयको बैठक बसि हालको कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न निर्देशन दिएका छन् ।
संघका महासचिव दीपक जिएमले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालको प्रगतिशील युवा आन्दोलनको अग्रगति र प्रगतिका निम्ति युवा संघ नेपालको आन्तरिक जीवन व्यवस्थित र गतिशील बनाउन पार्टीको निर्देशन अनुसार बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
बैठकले नयाँ नेतृत्व छनौट गरि महाधिवेशन केन्द्रित कार्यक्रमहरू घोषणा गर्ने संघका उपमहासचिव अशोक दहालले जानकारी दिए ।














