Logo
Logo

गिरीबन्धु टी स्टेटबारे अनुसन्धान गर्न जरुरी छैन : ओली


71.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओली गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिए ।

झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लाग्ने गरेको छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी स्टेटको नाममा रहको ३ ४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो ।

यस्तो बहुमूल्य जग्गा बेच्ने वातावरण तयार गरिदिन कानुन संशोधन गरेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस्