
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको १५औं बार्षिक प्रतिवेदन २०७७–७८ तथा १६औं प्रतिवेदन २०७८–७९ पेश गर्ने कार्यसूची रहेको छ ।














