
काठमाडौं । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ भारतीय नागरिक सहित ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको २७ यात्रु सवार बस बुधबार राति जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा चार महिला र तीन पुरुष रहेको सिमराका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै दुर्घटनामा १९ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धार गरि हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














