Logo
Logo

विमान दुर्घटनामा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु



एजेन्सी । विमान दुर्घटना हुँदा रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुखसहित १० जनाको मृत्यु भएको छ ।

बुधबार राति रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनसहित विमानमा सवार १० जनाकै मृत्यु भएको हो ।

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे एकिन विवरण आइनसकेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

वागनर भाडाका सैनिकहरुको समूह हो । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । यद्यपी युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो ।

प्रतिक्रिया दिनुहोस्