
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठकआजदेखि सुरु हुँदैछ । दुई दिनचल्ने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।
यस्तै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्राध्यापक डा विष्णु भण्डारीले प्रतिवेदन पेश गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख बर्तौलाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन् । प्रतिवेदनमाथि छलफल गरेर शुक्रबार पार्टीको आगामी कार्यदिशा तय गर्ने राप्रपा नेपालको तयारी छ ।














