Logo
Logo

दुर्घटना अपडेट : बस दुर्घटनामा सातको मृत्यु, चारको सनाखत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुंगामा आज बिहान भएको यात्रुवाहक बस दुर्घटना हँुदा सातको मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ ।
सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ ।
सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले बताएका छन् । अन्य आठ जना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
बेनीबाट नारायणगढतर्फ यात्रु लिएर हिँडेको ग १ ख ६१०८ नंको बस आज बिहान ८.१५ बजे सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खसेको थियो । बसको बे्रकफेल र तीव्रगतिको कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्