
काठमाडौं । बारामा भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको परिचय खुलेको छ ।
मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी छन् ।
२६ जना तिर्थालु बोकेको बस आज बिहान साढे २ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका– २२ स्थित चुरीयामाई मन्दीर नजिकै सडकबाट १५ मिटर तल खसेको थियो । दुर्टनामा १७ जना घाइते छन् । तीमध्ये तीन जना नेपाली रहेको डिएसपी न्यौपानेले जानकारी दिए ।
भारत राजस्थानका अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी, ५३ वर्षीया माया देबी, ३५ वर्षीय अनिल कुमार, ५० वर्षीय तारावती चतुरबेदी, ४८ वर्षीय श्यामलाल माली, उनकी नातिनी ९ वर्षीया क्रितिका चतुरवेदी, ४७ वर्षीय हरवारी माली, ७० वर्षी चौथी देबी, ७२ वर्षीय सुरेस चन्द्र चक्रवती, ७३ वर्षीय राम प्रसाद, ६३ वर्षीय धरम सिंह, ६० वर्षीया ईन्दु धाकद, १६ वर्षीया गर्बिदा चतुरबेदी र ५४ वर्षीय राम कुमार चतुरबेदी घाइते छन् ।
घाइते नेपाली नागरिकहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ वर्षीय बिहारी मुखीया, धनुषाको मौवा गाउँपालिका– १८ जनकपुरका ४१वर्षीय घुरन मण्डल, महोत्तरीको लोहारपति नगरपालिका–५ का २६ वर्षीय जसबेन्दर पासवान रहेका छन् । बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














