Logo
Logo

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव


10.1k
Shares

काठमाडौं । लेबनानले आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ ।

लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेट गर्दै लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीको अवसर रहेको र केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् ।

लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएको मन्त्रालयले जनाएको छ ।

श्रम समझदारीको ड्राफ्ट तयार पारेर सोही आधारमा अगाडि बढ्न मन्त्रालय तयार देखिएको छ । लेबनानमा हाल १ हजार २०० नेपाली रहेका छन् । मन्त्रालयका सहसचिव राजीव पोखरेलका अनुसार लेबनानले विशेष गरी घरेलु र निर्माण क्षेत्रका लागि कामदार लैजाने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्