Logo
Logo

सर्वोच्चको गेटमा अनसन बस्न पुगेका शर्मा पक्राउ


19.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दर्ता गराउन पुगेका युवा देव शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

शर्माले रिट दर्ता गराउन चाहेपनि सर्वोच्चले उनको रिट दर्ता नगरेपछि उनी अनशन बस्न पुगेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्