काठमाण्डौ , २२ पुस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा गरिएको बताएका छन् ।

फेसबुकमार्फत उनले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ वेल्सका सभामुखसहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको उनको भनाई छ । मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको केही अनलाइनले भने नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अस्ट्रेलियामा आज हुने तय भएको कार्यक्रम रोकिएको भनेर गलत प्रचार गरेको मन्त्री भट्टराईको आरोप छ ।
भट्टराईसमेत सहभागी भएर आज गर्न लागिएको प्रचार कार्यक्रम अनुमति नलिइ गर्न लागिएको भन्दै त्यहाँको सरकारी निकायले रोकेको खबर भाइरल बनाइएको थियो । । प्रवर्द्धनात्मक तथा व्यावसायिक लाभका लागि कार्यक्रम गर्न लागिएको भन्दै ¥याली निकाल्न रोक लगाइएको बताइएको थियो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भ्रमण वर्षको प्रचारको लागि मन्त्री भट्टराई त्यहाँ पुगिसकेकाले सिड्नीमा हुने तय भएको कार्यक्रमको ढाँचा परिवर्तन गरिएको बताए ।












