Logo
Logo

गृहमन्त्रीको आडमा कमाऊ धन्दा, सुन तस्करसँग हिमचिम


6.2k
Shares

गृहमन्त्री श्रेष्ठ, महानिर्देशक अधिकारी र दावा छिरिङ

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालय तानिएका छन् । सुन तस्करीका नाइके मानिएका दावा छिरिङसँग नियमित सम्पर्क रहेको तथ्यहरू सार्वजनिक भएपछि अधिकारीलाई गृह मन्त्रालय तानिएको हो ।

अधिकारीले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङसँग पटक पटक कुराकानी गरेको म्यासेजका स्कृनसटहरु सार्वजनिक भएका थिए । उनी अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वासपात्र हुन् ।

उपप्रधानमन्त्री भएपछि श्रेष्ठकै दबाबमा अधिकारीलाई १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो । श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अधिकारी झनै शक्तिशाली भएका थिए ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री श्रेष्ठसँग लामो समयदेखि निकट सम्बन्धमा रहेका अधिकारीले श्रेष्ठका लागि कर्मचारीसम्बन्धी सबै काम गर्दै आएको बुझिएको छ ।

निजामती कर्मचारीका लागि अध्यागमन विभागलाई मालदार क्षेत्र मानिन्छ । अधिकारी अध्यागमन प्रमुख भएपछि प्रति व्यक्ति १० लाख रुपैयाँसम्म लिएर धेरै कर्मचारी अध्यागमन पुगेका थिए । गृहमन्त्रीसँगको मिलेमतोमा अधिकारीले नै ती कर्मचारीबाट पैसा असुलेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्