काठमाडौं । काठमाडौंमा बस्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाएका छन् । बिहीबार काठमाडौँको टुँडिखेलमा उनीहरुले भव्य रूपमा गौरा पर्व मनाएका हुन् ।
गौरा पर्व कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

उनीहरुले देउडा समेत नाचेका थिए । शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला र पुरुष मिलेर यो पर्वमा डेउडा नाच्ने चलन छ।
हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्ने चलन छ ।





तस्बीर : प्रदीप राज वन्त














