Logo
Logo

केपी ओली आज बिराटनगर जाँदै, भोली सिरहा पुग्ने


1k
Shares

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराटनगर जाँदै छन् । भोली देखी सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि पुर्व जान लागेका अध्यक्ष ओलीले आज बिराटनगरस्थित बिराट दरबार क्षेत्र निरिक्षण गर्ने भएका छन् ।

पार्टी सचिवालयको बैठक तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको छ । अध्यक्ष ओलीले आज साँझ पाँच बजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । उनी भोली बिहान सिरहा पुग्नेछन ।

सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्णुपरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो ।

२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्