Logo
Logo

अर्थमन्त्री बने जीईएफको उपाध्यक्ष


378
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत ग्लोबल इनभ्यारमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्ष निर्वाचित भएका छन् । जीईएफको ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री महत गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

उक्त सम्मेलनमा देशको प्रतिनिधित्व गर्दै सहभागी मन्त्री महतले नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरिरहेको बताए । उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पुग्ने पानीको स्रोत नेपालमा रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए ।

मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर र प्रजातिको संरक्षण गरेको, सोको नतिजास्वरुप बाघ तथा गैंडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए । जलवायु परिवर्तनले नेपाल विश्वको १० औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि सुक्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको मन्त्री महतले बताएका थिए ।

अर्थमन्त्री महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै विश्व जैविक विविधता खाका बनाई कोष तथा स्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्