Logo
Logo

व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्कलाई अदालतको आदेश


5.2k
Shares

काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।
धरान ४ स्थित छोटी मोरङ डाँडामा रहेको जमिनमा पसेर मेयर साम्पाङले जबरजस्ती बिरुवा रोपेको भन्दै अधिकारी दम्पती अदालत गएका थिए ।

साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, प्याराग्लाइडिङको उडानस्थलमै बिरुवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार लगत्तै अदालत पुगेको थियो । साउन ११ गते उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षारोपण गर्ने कार्य नगर्न, नगराउन भनेको थियो ।

तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो । अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडिओ समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्