Logo
Logo

पार्टीलाई कमजोर बनाउन माधव नेपाललाई फसाउन खोजियो : मन्त्री ज्वाला


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललितानिवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजिएको बताएका छन् । बिहीबार पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

‘समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन’ मन्त्री ज्वालाले भने, ‘त्यसका विरुद्धमा छौं हामी । कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन । यो षड्यन्त्रको कडि हो ।’

गठबन्धन र नेकपा एकीकृत समाजवादीलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरु सक्षम रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्