Logo
Logo

बागमती नदीमा जलयात्रा


1.1k
Shares

This image has an empty alt attribute; its file name is bagmati_ryafting.jpg

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर बागमती नदी महोत्सव तथा जलयात्रा गरिएको छ। बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) ले आज (शनिबार) ,बागमती नदी महोत्सव तथा जलयात्रा गरेको हो।

आज बिहान ७ बजे थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटमा पुगेर टुंगिनेछ। पवित्र बागमती नदीलाई संरक्षण गर्न काठमाडौंवासीहरूको माझमा बागमती नदी र यसका सहायक नदीहरूको स्थिति बारेमा जानकारी दिँदै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकहरूको लागि शुद्ध जल तर्पण योग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्धेश्य रहेको नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

बागमती नदिमा सदाबहार र्‍याफटिङ गराएर पर्यटकलाई समेत आकर्षण गराउन सकिने भएकाले यस जलजात्राको अत्यन्तै महत्व रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्