Logo
Logo

डिआईजी शाहको अवकाश, बढुवाको दौडधुपमा एसएसपी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ पुस ।
नेपाल प्रहरीका डिआईजी महेशबिक्रम शाहले अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण उनले अवकाश पाएका हुन् ।
इन्सपेक्टरमा भर्ना हुुनुभन्दा डेढ महिनाअघि सिपाहीमा भर्ना भएकाले उनको अवकाश पाएका हुन् । उनी पछिल्लो सयम सुरक्षा परिषद्मा कार्यरत थिए ।


डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको दौडधुप सुरु भएको छ । जसमा ब्याचका सिनियरदेखि जुनियरसम्म लागेका छन् ।
सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, दिलिप कुमार चोधरी, राजेश लाल कर्ण छन् ।

त्यस्तै जुनियर ब्याचबाट धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनी, शौरभ राणा, रबिन्द्र धानुक लगायत प्रतिस्पर्धामा छन् ।
जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । त्यसकारण बढुवामा सिनियर र जुनियरको मापदण्ड हटेकाले जो पनि पावरका आधारमा बढुवा हुने अवस्था छ । यसले बढुवामा अस्वस्थ्य प्रतिस्पर्धा बढाएको छ । आगामी २९ माघबाट मात्र प्रहरीमा डिआईजीका २१ पद रिक्त हुनेछन् । प्रहरी महानिरीक्षकसहित २५ जना उच्च अधिकारीले त्यसबेला अवकाश पाउँदैछन् । त्यसपछिका आईजिपीका रुपमा ठाकुर ज्ञवालीलाई हेरिएको छ । अर्का डिआईजी तारिणी लम्साल पनि प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्