Logo
Logo

वामदेव निवासमा नेताहरुको गोप्य भेला


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २४ पुस ।

नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेताहरूको ‘गोप्य’ जमघट भएको छ।

नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सभामुख चयनमा सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको आजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ।

भैसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए।

नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखेको जिकिर गरेका छन्।

तर, २३ पुस साँझ दुई घण्टा भएको छलफलमा ओली र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन्।

सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन्।

छलफल सभामुख चयन र एमसीसीमा केन्द्रित भएको स्रोतले जनायो।

यसअघि १० माघ २०७५ मा प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा यस्तै छलफल गरेका थिए।

वरिष्ठ नेता खनालले पार्टी्भित्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया दिए।

“पार्टी्भित्रका आन्तरिक समस्याका विषयमा सामान्य छलफल भएको हो। सभामुख चयनलगायत विषयमा छलफल भएको होइन”, उनले भने।

प्रतिक्रिया दिनुहोस्