काठमाडौं, २४ पुस ।
अष्ट्रेलियाको सिड्नीमा भ्रमण वर्ष २०२० को प्रचारमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशभट्टराईलाई र्याली गर्न नदिए भन्ने समाचारहरूप्रति अष्ट्रेलियास्थित नेपाली राजदूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पुलिशले नेपलको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईलाई र्याली गर्न नदिएको, ओपेरा हाउस प्रबेशमा रोक लागाएको भन्दै प्रचार भएको थियो।

दूतावासले प्रेस विज्ञप्ति जारी गरी उक्त समाचारको खण्डन गरेको छ । ‘माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईद्वारा बिहान ११ बजे सिड्नीको सर्कुलर कीबाट शुभारम्भ कार्यक्रम सम्पन्न भएपश्चात् सहभागीहरू भ्रमण वर्षको प्रचारप्रसारका लागि सर्कुलरदेखि सिड्नीको प्रमुख पर्यटकीय स्थल ओपेरा हाउससम्म जाने क्रममा ओपेरा हाउसका सुरक्षा गार्डले आफ्नो व्यवस्थापनसमितिसँग सम्पर्क गरून्जेलसम्म पर्खन अनुरोध गरेका थिए,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावसका अनुसार नेपाल सरकारको निर्देशन र यस राजदूतावासको पूर्व निर्धा्रित कार्यक्रमअनुसार न्यु साउथ वेल्स राज्यका लागि नेपालको अवैतनिक महावाणिज्यदूतावास र गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियासँगको सहकार्यमा राजदूतावासद्वारा आयोजित सो कार्यक्रम पूर्व निर्धारित तालिकाअनुसार आयोजना गरिएको थियो ।
व्यवस्थापनबाट खबर आएपश्चात् सहभागीहरू सहजरूपमा ओपेरा हाउससम्म पुगी पुनः सर्कुलर कीमाफर्किएको दूतावासले जनाएको छ । उक्त विषयलाई तोडमतोड गरी केही अनलाईन न्युज पोर्टलहरूमा मन्त्रीलाई अष्ट्रेलियन प्रहरीले रोकेको भन्ने भ्रामक र नकारात्मक समाचारहरू प्रकाशित भएको भन्दै दूतावसले खेद व्यक्त गरेको छ ।
अष्ट्रेलियाको कुनै पनि सुरक्षा निकायबाट कार्यक्रमको दौरान कुनै किसिमको अवरोध सिर्जना नगरिएको र कार्यक्रम आयोजनाका लागि सिड्नी सिटी काउन्सिलबाट सहमति प्राप्त भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।












