
काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेसले आफ्नो भागमा परेको ४ समितिको नेतृत्वका लागि नेताहरुको नाम टुंग्याएको हो ।
जसमा राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।
९ महिनादेखि रिक्त रहेको संसदीय समितिको नेतृत्व चयनका लागि भोलि सोमबार निर्वाचन हुँदैछ । त्यसका लागि आज मनोनयन दर्ता हुँदैछ ।














