Logo
Logo
संसदीय समितिका सभापतिको निर्वाचन

जसपाले राजकिशोरलाई उम्मेदवार बनाउने


1.9k
Shares

काठमाडौं । जसपाले सांसद राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समिति सभापतिको उम्मेदवार बनाउने भएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति पाएको जसपा जसपाले यादवलाई सभापति बनाउने तयारी गरेको हो । जसपा प्रमुख सचेतक प्रदीप यादवले यादवलाई सभापतिको उम्मेदवार बनाउने तयारी भएको जानकारी दिए ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ भने भोलि ११ गते नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्