Logo
Logo
ललिता निवास प्रकरण

सञ्चारसचिव राउतविरुद्ध पनि मुद्दा चलाइने, २९० जना प्रतिवादी कायम


1.4k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले २९० जनालाई प्रतिवादी बनाएको छ ।

सञ्चारसचिव कृष्णबहादुर राउतसहित २९० जनालाई किर्ते कसुरमा प्रतिवादी बनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राउतसहित २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा पठाएको जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी नबनाउन राय दिएको थियो । तर, सरकारी वकिलको कार्यालयले सिआइबीले ५८ दिन लामो अनुसन्धान गरेर बुझाएको प्रतिवेदन अध्ययन गर्दै राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय गरेको हो ।

हाइ प्रोफाइल व्यक्तिहरूसमेत जोडिएको ललितानिवास प्रकरणमा पक्राउ १८ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्