Logo
Logo
ललिता निवास प्रकरण

सञ्चारसचिव राउत, चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दर्ता


1.1k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालयले सञ्चारसचिव कृष्णबहादुर राउत, चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध किर्ते कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी नबनाउन राय दिएको थियो । तर, सरकारी वकिलको कार्यालयले सिआइबीले ५८ दिन लामो अनुसन्धान गरेर बुझाएको प्रतिवेदन अध्ययन गर्दै राउतविरुद्ध पनि मुद्दा चलाएको हो ।

त्यस्तै चार पूर्व मन्त्रीसहित २९० प्रतिवादीहरूविरूद्ध कीर्ते गरेकोमा पुरानो मुलुकी ऐन बमोजिम कैद र जरिवाना माग गरिएको छ ।

यो प्रकरणमा किर्ते गर्ने अरू सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ । १८ अर्ब केही बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको छ ।

हाइ प्रोफाइल व्यक्तिहरूसमेत जोडिएको ललितानिवास प्रकरणमा पक्राउ १८ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्