
काठमाडौं । सत्ता गठबनधनले प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पूर्वाधार विकास समितिको सभापति दिने भएको छ ।
राप्रपालाई पूर्वाधार विकास समितिको नेतृत्व दिन सत्ता गठबन्धन तयार भएको सो पार्टीका सांसद बुद्धिमान तामाङले जानकारी दिए । यसअघि पूर्वाधार विकास समिति माओवादीको भागमा परेको थियो ।
राप्रपाले उक्त समितिको सभापतिमा सांसद दीपकबहादुर सिंहलाई उम्मेवादर बनाउने भएको छ । यसअघि सत्ता र प्रमुख प्रतिपक्षले संसदीय समितिमा आ–आफूले मात्र भागबन्डा गरेर रास्वपा र राप्रपालाई छुटाएका थिए ।














