Logo
Logo

विद्या भण्डारीलाई एमालेमा स्वागत गछौंँ : ओली


567
Shares

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेको राजनीतिमा आउन सक्ने बताएका छन् । पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले उनलाई एमालेमा स्वागत हुने बताएका हुन् ।

आइतबार विराटगरमा आयोजित कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा भण्डारीलाई कसैले निषेध नगरेको र सधैँ स्वागत हुने बताए । भण्डारीले राजनीतिक गर्छु भन्दा केसैले नरोक्ने बताउँदै ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’

अध्यक्ष ओलीले विद्या भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको समेत बताए । ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ’ ओलीले भने, ‘त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो ।’

प्रतिक्रिया दिनुहोस्