Logo
Logo

उच्च अदालत पाटनका न्यायाधीश शर्मा सर्वोच्चमा सिफारिस


2.6k
Shares

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद्को आइतबार बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले उनको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् । उनी करिब ३ वर्ष सर्वोच्चको न्यायाधीश बन्नेछन् । यस्तै आइतबारकै परिषद् बैठकले बाल अदालत गठनका लागि उपयुक्त हुने भन्दै कानुन मन्त्रालयलाई राय प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्