Logo
Logo

कस्तो रहला आजको मौसम ?


567
Shares

काठमाडौं । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

 दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरुमा हावा–हुरीको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्