Logo
Logo

देशभर चार वटा राजमार्ग अवरूद्ध, ४८ स्थानमा एकतर्फी सञ्चालन


630
Shares

काठमाडौं । बाढीपहिरोका कारण हाल देशभर चार वटा राजमार्ग अवरूद्ध भएका छन् । ४८ स्थानमा एकतर्फीरूपमा सडक सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।

तानसेन–रिडी–कोरला जोड्ने सडक म्याग्दीको नौनीबगर, गुइथे आदि ठाउँमा अवरूद्ध छ । त्यस्तै तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरूद्ध रहेको छ ।

बालाजु–त्रिशुली–धुन्चे –स्याफ्रुबेसी जोड्ने पासाङ ल्हामु राजमार्ग पनि नुवाकोटको निगालेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ । यद्यपि त्यहाँको पहिरो पन्छाउने कार्य सकिएकाले सवारी आवतजावत नियमित हुन थालेको बताइएको छ ।

यसैगरि पुष्पलाल मध्य पहाडी राजमार्ग पनि खोटाङको बेर्खेटारमा अवरूद्ध रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्