Logo
Logo

अब्दुल खान उद्योग समिति सभापति सर्वसम्मत निर्वाचित


819
Shares

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो ।

दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए ।

तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने थियो ।

तर निर्वाचनअघि उनले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्