Logo
Logo

हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु



एजेन्सी । अमेरिकाको फ्लोरिडामा हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार पोम्पानो बिच एयरपार्कबाट उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागेपछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ । विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।

हेलिकोप्टर भुईँमा खस्दा ब्रोवार्ड काउन्टी फायर रेस्क्यु क्याप्टेन टेरिसन ज्याक्सन (४९) र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घाइते चारै जनाको उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्