Logo
Logo
सुन तस्करी प्रकरण

अनुसन्धानका लागि एसएसपी दिनेश हङकङ जाने


15.9k
Shares

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने तयारी गरेको छ ।

हङकङ हुँदै नेपालमा सुन आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना संकलनका लागि सीआईबीले एसएसपी दिनेश आचार्य त्यहाँ पठाउन लागेको हो ।

सीआईबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरेको थियो । एनसीबी बेइजिङमातहत रहेको हङकङ सब–ब्यूरोसँग समन्वय गरेर सूचना संकलन गर्न नेपाली सुरक्षा अधिकृत पनि जान लागेका हुन् ।

यसअघि सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले अनुसन्धानमा सहयोग गर्न सीआईबीले इन्टरपोलको सहयोग मागेको थियो।

यस क्रममा प्रहरीले यसमा संलग्न मुख्य ६ विदेशी नागरिकलाई पक्राउ गरेको छ। उनीहरुको बयान लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्