Logo
Logo

एमसीसीविरुद्ध चार कम्युनिष्ट पार्टीले गरे संघर्षका कार्यक्रम घोषणा


1.1k
Shares

काठमाडौं । चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा माइतिघर मण्डलाबाट दिउसो तीन बजे संयुक्त विरोध प्रदर्शन गर्ने कार्यतालिका रहेको छ ।

साथै आन्दोलनका क्रममा गिरफ्तार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य टोगप्रसाद उपाध्याय लगायत अन्य नेता तथा कार्यकर्ताको तत्काल रिहाईको पनि विज्ञप्तीमार्फत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्