
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
बैठक यसअघि भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो । अम्वासमै एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।














