Logo
Logo

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते


4k
Shares

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुबाहक बस दुर्घटना भएको छ ।

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिँदा सात यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

दुघर्टनापछि सवारी चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्