Logo
Logo

ओलीले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना


378
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

आज देखी पाकिस्तानमा सुरु हुने एसीया कप खेलमा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिमलाई ओलीले जितको शुभकामना दिएका हुन् ।

‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं,’ ओलीले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना ।’ साथै, उनले नेपाली खेलाडीहरुको हौसला बढाउन एउटा भिडियो पनि सेयर गरेका छन् ।

नेपालले आज विश्व बरियता नम्बर १ पाकिस्तानसँग घरेलु मैदानमा पहिलो पटक एसिया कपमा प्रतिस्पर्धा गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्