Logo
Logo

एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा आउँदै


945
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ । पाँच वर्षभित्रमा सम्पन्न हुने सम्झौताअनुसार एमसीसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो ।

एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ । यसमा नेपालले १३ करोड डलर थप गरेको छ ।

यो सहयोगले काठमाडौंको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरु निर्माण हुनेछन् । त्यस्तै कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको शिवखोलासम्मको सडक स्तरोन्नतीको काम पनि हुनेछ ।

यो परियोजनाको विषयमा विवाद भएपछि प्रतिनिधिसभाले २०७८ सालको फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीलाई अनुमोदन गरेको थियो । नेपालको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकारेको छ ।

प्रतिक्रिया दिनुहोस्