
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूसँग् छलफल गर्दैछन् ।
सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारमा रहेको कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल गर्न लागेका हुन् ।
छलफल समितिको काम कारवाहीसहित विषयमा हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘समितिका सभापतिहरू निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोज्नु भएको हो ।’
प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्व सहमतिबाट निर्वाचित भएका थिए ।














