Logo
Logo

बालकृष्ण भेट्न सुन्धारा कारागार पुगे शशांक


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न कारागार पुगेका छन् ।

नेता कोइरालाले आज (बुधबार) बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर खाणलाई भेटेका हुन् । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको जनाइएको छ ।

थुनामा रहेका खाँणलाई कांग्रेस नेताहरु डा. शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशमा उनलाई असार १ गते पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

प्रतिक्रिया दिनुहोस्