
काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बाहिरिएको अवस्थामा बरामत गरेको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल छन् ।
हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं ल्याइएको हो ।
सुन प्रकरणमा पक्राउ परेकापौडेल सहित पक्राउ पर्नेको सङ्ख्या २४ पुगेको छ ।














