Logo
Logo

साढे २ महिनामै समाजवादी मोर्चामा खटपट ?


1.8k
Shares

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चामा खटपट सुरु भएको छ । अमेरिकी सहयोग परियोजना (एमसिसी) कार्यान्वयमा जाने विषयले मोर्चामा खटपट देखिएको हो ।

राजनीतिक स्थिरताका लागि भन्दै चार कम्युनिस्ट घटकहरू माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेकपा मिलेर असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । पार्टी एकतासम्मको उदेश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका उनीहरुबीच साढे २ महिनामै विवाद देखिएको छ। सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय भएको सन्देशसभा अन्तिम समयमा स्थगित भयो ।

आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा उक्त सभा स्थगित भएको हो ।

आजदेखि एमसीसी कार्यान्वयनमा जाँदैछ । तर, नेकपाका महासचिव नेत्रविक्रम चन्द एमसीसी यथास्थितीमा कार्यान्वयनमा जान नहुने पक्षमा छन् । आज बिहानै प्रधानमन्त्रीलाई भेटेर विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म एमसीसी कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर जवाफमा प्रधानमन्त्रीले आफुले केहि गर्न नसक्ने बताएपछि विप्लव असन्तुष्ट बनेका छन् ।

उनले एमसीसी यथास्थितीमा कार्यान्वयनमा गए मोर्चा र माओवादीसँगको सहकार्य तोड्ने चेतावनी समेत दिएका छन् ।विप्लवको चेतावनीपछि आजको लागि धनगढीमा तय भएको सभा स्थगित भएको नेकपा नेता अनिल शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्