Logo
Logo

तनहुँमा बस चिप्लिएर दुर्घटना, २ को मृत्यु, १७ घाइते


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमौली, २५ पुस । तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने १७ जना घाइते भएका छन् ।
आज बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग१ख ६१७५ नम्बरको बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
थापाको घटनास्थलमा र गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको हो । बसमा सवार २५ जना सवार थिए । घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिलो बाटोमा चिप्लिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्