Logo
Logo

‘सीआईबीलाई सहयोग गर्छु’ भन्दै स्टाटस लेखेर भाग्न लागेका थिए राहुल महरा


7k
Shares

काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी नेता राहुल महरा पक्राउ परेका छन् ।

एक घण्टा अगाडि ‘नबिराउनु, नडराउनु’ भन्दै आफू तस्करीमा संलग्न नरहेको दाबी गर्दै मिडियाले आफूहरुमाथि हिलो छ्यापेको आरोप लगाउँदै सीआईबीमा उपस्थित भएर सहजीकरण गर्ने भनेका थिए ।

पूर्वसभामुख कृष्णबहादुर महराका छोरासमेत रहेका राहुलले फेसबुकमा लेखेका छन्– ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोशिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु ।’

‘वबिराउनु, नडराउनु’ भन्दै स्टाटस लेखेको एक घण्टामै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राहुललाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार पक्राउ पर्ने पक्का भएपछि राहुलले सीआईबीलाई सहयोग गर्ने स्टाटस लेखेका हुन् ।

स्रोतका अनुसार सीआईबीलाई सहयोग गर्ने भन्दै सहुल भाग्न आँटेका थिए । स्रोतले भन्यो, ‘राहुललाई नजिकबाट हेरिरहेका थियौँ । अचानक सीआईबीलाई सहयोग गर्छु भन्दै स्टाटस लेखेपछि फलो गर्दा उनी भाग्ने तयारीमा रहेको बुझियो । त्यसलगत्तै हाम्रो टिमले उनलाई पक्राउ गर्यो ।’

के हो भेप काण्ड ?
करिब दुई महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजश्व कार्यालयले हवाई मार्ग हँुदै नेपाल भित्रिएको इलेक्ट्रिक सिगरेट (भेप) नियन्त्रणमा लिएको थियो ।

राजस्वले नियन्त्रणमा लिएको भेप छुटाउन चौतर्फी दबाब आउन थालेपछि जाँच गर्दा भेपमार्फत सुन तस्करी हुँदै आएको खुलेको थियो । उक्त भेप छुटाउन दबाब दिनेमध्ये पहिलो नम्बरका व्यक्ति हुन्, राहुल महरा ।

यो प्रकरण सीआईबीले अनुसन्धान गर्योे । अनुसन्धानका क्रममा उक्त भेपका मालिक चिनियाँ नागरिकसँग राहुलले सयौँ पटक फोन संवाद गरेको तथ्य फेला पर्यो । उक्त तस्कर व्यापारीसँग राहुल मात्रै नभएर बुबा कृष्णबहादुर महरा पनि बारम्बार सम्पर्कमा रहेको खुलेपछि सीआईबीले महरा बुबा–छोरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्