Logo
Logo

प्रदेश ३ को राजधानी बागमती र राजधानी हेटौंडा नै राख्ने निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ पुस ।
प्रदेश ३ को नाम बागमती र राजधानी हटौंडा नै रहने पक्का भएको छ । यससम्बन्धमा केन्द्रको निर्देशनलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले समेत अनुमोदन गरेको छ।


शुक्रबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो। यसअघि १३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। नेकपाकै कतिपय प्रदेश नेताहरुले संघीयताको मर्म र संविधानविपरीत पार्टी केन्द्रले निर्देशन दिएको भन्दै सचिवालयको निर्देशनप्रति आपत्ति जनाएका थिए। विशेषगरी प्रदेशको राजधानी हेटौडा राख्न नहुने मत नेकपामा छ।

कतिपय नेताहरुले पार्टीको निर्णयविपरीत यसबारे संसदमा मतदान गर्ने चेतानवी दिएका थिए। धेरै पटक सरिसकेको प्रदेश ३ को संसद बैठक आइतबार बस्दै छ। प्रदेशसभा बैठक सुरु हुनुअगावै मुख्यमन्त्री एवं नेकपा प्रदेश ३ का संसदीय दलका नेता डोरमणि पौडेलले केन्द्रकै निर्णय अनुमोदन गर्ने गरि निर्णय गराएका हुन्।

सचिवालयको निर्देशनप्रति असहमतिका स्वर सुनिएपछि नेकपाका केन्द्रीय नेताहरुले प्रदेश ३ का नेकपा नेताहरुलाई काठमाडौंमा बोलाएर पार्टी केन्द्रको निर्णयबाहिर नजान निर्देशन दिएका थिए।
धेरै प्रदेश सांसदहरु भने काभ्रेलाई राजधानी बनाउने पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस्