काठमाडौं, २५ पुस ।
वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानुन मन्त्रालय सम्हालेका थिए। पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
समाजवादी पार्टीले सरकार छाडेपछि भने उपेन्द्र यादव र सोही पार्टीका मोहम्मद इस्तियाक राईले सम्हालेका ती मन्त्रालयहरू प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए। तत्काल नयाँ मन्त्रीहर नियुक्त हुने सम्भावना कम भएपछि अन्य मन्त्रीलाई ती मन्त्रालयको जिम्मेवारी दिइएको हो ।












